FAQs Complain Problems

वडा नं . ५

नेपालको राजधानी काठमाडौंबाट लगभग ४३ कि.मी. उत्तर तर्फ सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेग निर्वाचन क्षेत्र नं. २, बागमती प्रदेश (ख) मा अवस्थित मेलम्ची नगरपालिकाको १३ वडाहरु मध्ये एक वडा सिन्धुकोट हो । हाल साविक सिन्धुकोट गाविस मेलम्ची नगरपालिकाको वडा नं. ५ मा पर्दछ। यो वडा भौगोलिक रुपमा रमणीय हुनको साथै यस वडामा ठूल्ठुला डाँडा देखि बेसी तथा टार सम्मका स्थानहरु रहेका छन् । यो वडाको माथिल्लो भेग उत्तर पूर्वी मोहडामा फर्किएको छ भने तल्लो भेग पूर्व दक्षिण मोहडामा फर्किएको छ । सिन्धु र कोट दुई वटा थुम (डाँडा) हरु मिलेर साविक सिन्धुकोट गाविसको नामाकरण गरिएको हो । यस वडामा सुलिकोट घ्याङ, धौले जस्ता महत्वपूर्ण पर्यटकीय स्थानहरु रहेको छन् । ९.६२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस वडामा विभिन्न जातजाती एवं धर्मावलम्बीहरुको बसोबास रहेको छ ।

Population: 
3,125
Ward Contact Number: 
9851006001
Ward Area : 
9.62 Km2
Ward Secretary: 
9841384666
Ward Chair Person : 
9851006001
Weight: 
5