FAQs Complain Problems

वडा नं. २

वि.स. २०७३ साल फागुन २६ गते मेलम्ची नगरपालिका भित्रका साविकका ४ वटा गाविसहरु थप भई नगरपालिकाको पुनर्गठन गरिएकोमा ती मध्ये भोटेचौर गाविस एक हो । नेपालमा संघीयता कार्यान्वयन पछि साविक भोटेचौर गाविसको ९ वटा वडाहरुमध्ये वडा नं. ५, ६, ७, ८ र ९ समावेश गरि हालको मेलम्ची नगरपालिकाको वडा नं. २ वडा गठन गरिएको छ । यो वडा ४.४४ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।

नेपालको राजधानी काठमाडौबाट उत्तर पुर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने यस वडाको पुर्वमा मेलम्ची नगरपालिकाको ‍वडा नं. १ भौटेचौर,  पश्चिममा ‍वडा नं ३ हैबुङ,  , उत्तरमा मेलम्ची न.पा. वडा नं. ४ थकनी र दक्षिणमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. १ मुलखर्क पर्दछ । पर्यटकीय नगरीको रुपमा रहेको यस वडाबाट जुगल हिमालको दृश्य अवलोकन गर्न सकिन्छ भने भोटेचौर चिया बगान समेत यसै वडा भित्र पर्दछ । यस वडाको प्रसिद्ध तपचुली पर्यटकीय क्षेत्रबाट विभिन्न हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ । यस वडामा ब्राह्मण, क्षेत्री, तामाङ र दमाई गरी मिश्रीत बसोबास भएता पनि विकासको क्रममा सबै जातजाति एकजुटका साथ अघि बढेको पाईन्छ । यस वडाका मानिसहरुको प्रमुख पेशा कृषि भएता पनि यसका अलावा नोकरी, व्यापार, दुग्ध व्यवसाय, व्यवसायिक किवी खेती, एभोगाडो नगदेबालीको रुपमा चियाखेती रहेको छ ।

Population: 
1,581
Ward Contact Number: 
9843153372
Ward Area : 
4.40 Km2
Ward Secretary: 
9857627231
Ward Chair Person : 
9843153372
Weight: 
2