FAQs Complain Problems

वडा नं . ४

वि.स. २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ गाविस सामेल गरि गठित मेलम्ची नगरपालिका राज्यको पुर्न संरचना पश्चात वि.स. २०७३ साल फागुन २६ गते साविकका ४ गाविसहरु थप भई पुनर्गठन भएकोमा ती मध्ये थकनी  गाविस एक हो । १९.१३ वर्ग कि.मि. क्षेत्रफल भएको यस वडामा वि.स. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार करिव ६०४९ जनसङ्ख्या र १४३३ घरधुरीहरु रहेको छ ।  थकनी नेपाल अधिराज्यको बागमती प्रदेश सि.पा. जिल्लाको मेलम्ची नगरपालिकाको पश्‍चिमी भेगमा अवस्थित वडा हो। यसको पूर्वमा मेलम्ची नगरपालिकाको वडा नं. ५ सिन्धुकोट र वडा न. ६ तालामाराङ, पश्‍चिममा नुवाकोट जिल्लाको शिवपूरी गाउँपालिकाको वडा नं. १ तलाखु र दुप्चेश्‍वर गाउँपालिकाको वडा नं.४ बेतेनी, उत्तरमा हेलम्बु गाउँपालिकाको वडा नं.५ महाँकाल र दक्षिणमा मेलम्ची नगरपालिकाको वडा नं.२ जैसिगाउँ र वडा नं.३ हैबुङ रहेको छ ।

मेलम्ची नगरपालिका वडा नं.४ थकनी हुँदै हेलम्बु तालामाराङ, पार्टीभञ्‍ज्याङ, सुन्दरीजल, काठमाडौं, चिसापानी, पार्टीभञ्‍जयाङ, थकनी, तालामाराङ, हेलम्बु पैदलामार्ग तथा पर्यटकीय मार्ग र गोसाँईकुण्ड दर्शन तथा स्नान गर्ने पैदलामार्ग तथा पर्यटकीय मार्ग यही स्थानबाट रहेको हुनाले यातायातको सुविधा हुनुभन्दा धेरै पहिला देखि तिर्थालुहरु यही थकनीको बाटो हुँदै आवात जावत गर्दथे। यात्रा गर्ने क्रममा थकाई लागेपछि थकनीको बीचमा रहेको बिसौनीमा थकाई मारेर आराम गर्थे, यहि बिसौनीमा थकाई मार्दै आनान्द लिने स्थानको नामबाट यो ठाउँको नाम थकनी रहन गएको इतिहासमा पाइन्छ । यस थकनीबाट जुगल हिमाल, दोर्जे लाक्पा हिमाल र हेलम्बुको रमणीय स्थानहरु अवलोकन गर्न सकिन्छ।

Population: 
3,439
Ward Contact Number: 
9851170806
Ward Area : 
19.13 Km2
Ward Secretary: 
9843446126
Ward Chair Person : 
9851170806
Weight: 
4