FAQs Complain Problems

समाचार

घ वर्गको इजाजत दर्ता गर्न आवश्यक कागजातहरु के-के हुन ?

  • ठेक्का पट्टा ईजाजत दर्ताका लागि फर्म दर्ता गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी 
  •     फर्ममा प्रशासनीक कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसंग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपीहरु  
  •     फर्ममा सिभिल इन्जिनियर वा सिभिल सव–इन्जिनियर कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसंग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपीहरु 
  •     फर्ममा लेखा हेर्ने कर्मचारीको रुपमा कार्य गर्ने एक जना लेखापाल (कर्मचारी) संग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी 
  •     फर्ममा भ्राइब्रेटर मेशिन, निडल, लेबल मेशिन, वाटर पम्प, स्काभेटर लगायतका मेशिनरी औजारहरु खरिद गरिएको सक्कल भ्याट बिल 
  •     फर्ममा भ्राइब्रेटर मेशिन, निडल, लेबल मेशिन, वाटर पम्प, स्काभेटर लगायतका मेशिनरी औजारहरु चालु अवस्थामा रहेको भनि मेकानिकल इन्जिनियरबाट प्रमाणित भएको कागजात र निजको इन्जिनियरिङ्ग काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी र अन्य सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु 
  •     माथि उल्लेखित मेशिनरी औजारहरुको बिमा गरी पेश गरिएको बिमालेख 
  •     फर्मको नाममा नेपाल सरकारबाट मान्यता प्राप्त “क” वर्गको बैंकमा रु. १ लाख वा सो भन्दा बढी बैंक ब्यालेन्स भएको बैंक भौचार वा बैंक स्टेटमेन्टको सक्कल प्रति 
  •     माथि उल्लेख भएका सबै कागजातहरु नोटरी पब्लिक बाट प्रमाणित गरी पेश गर्नुपर्ने । 
  •     कम्पनी रजिष्ट्रारको कार्यालय÷उद्योग विभाग÷घरेलु तथा साना उद्योग विकास समितिबाट ठेक्का पट्टा फर्म दर्ता गरेको प्रमाणपत्रको प्रतिलिप
  •     सम्बन्धित फर्म आन्तरिक राजस्व कार्यालयमा प्यान÷भ्याट दर्ता गरी सो को प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने  ।
  •     ईजाजत–पत्र पाउँ भन्ने व्यहोराको निवेदन पत्र