FAQs Complain Problems

वडा नं . ८

मेलम्ची नगरपालिका वडा नं. ८ क्यौरानी साविक दुवाचौर गा.वि.स. वडा नं. ७, ८ र ९ को भुगोल भित्र पर्दछ । किम्बदन्ती अनुसार अधिकांस समुदाय तामाङ बस्ती हुँदा उक्त भाषामा पानीलाई क्यु भनिने र यस वडामा पानीको प्रशस्त श्रोत भएकोले क्युरानी भन्दै क्यौरानी भएको भनने पाइन्छ । पूर्वमा इन्द्रावती नदीको सिमाना, पश्चिममा मेलम्ची नगरपालिका ७ को सिमाना, उत्तर तर्फ हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको सिमाना र दक्षिण तर्फ मेलम्ची नगरपालिका ७ कै सिमाना पर्दछ । यस वडा भित्र तामाङ, गिरी, पुरी, ब्राम्हण, क्षेत्री, दलित, भुजेल, नेवार जातीको बसोबास रहेको छ । यस वडामा साल फुल्ने देखि हिउँ पर्ने सम्मको रमणिय भु–भागहरु छन् । प्रशस्त जल र अत्यन्तै कृषि उत्पादनको सम्भावना भएको मनमोहक खेत बारीको फाँटहरु रहेको छन् ।

            विभिन्न मठ मन्दिर, गुम्बा, छोर्तेन, माने जस्ता धार्मिक स्थलहरु छन् । जसमा जाल्पादेवी मन्दिर, भिमेश्वर मन्दिर, विन्दबासिनी मन्दिर, भैंसे गुम्बा, हालको कात्तिके गुम्बा, चर्च, लाभगाउँ छोर्तेन, भैंसे माने, बुगाउँ माने, घुम्नी माने र ककनी पोखरी लगायत धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । साथै यस वडाको पश्चिम उत्तर तर्फ एउटा ठूलो ढुङ्गा छ, जसलाई अमिलो ढुङ्गा भनिन्छ । जुन जिब्रोमा लगाउँदा अमिलो नै स्वाद आउने गर्दछ र जसलाई कुनै वस्तुले ठक्कर दिंदा धातुको आवाज आउने गर्दछ । त्यसैले यस वडामा कृषि, पर्यटन, धार्मिक स्थलहरुको उच्चतम सदुपयोग हुनको लागि दिगो पूर्वाधारहरुको निर्माण भएमा यस वडाबासीहरुको समृद्धिको गन्तव्य नजिकै रहेको छ ।

Population: 
2,082
Ward Contact Number: 
9841289259
Ward Area : 
7.45 Km2
Ward Secretary: 
9841429842
Ward Chair Person : 
9841289259
Weight: 
8