FAQs Complain Problems

वडा नं. १०

मेलम्ची नगरपालिका वडा नं.१० मिति २०७१ साल मंसिर १६ गते भन्दा अगाडि साविक शिखरपुर गा.वि.स.को नामबाट संचालित थियो । मिति २०७३ साल असारसम्म साविक शिखरपुर गाविस वडा नं. ४, ५, ६, ७, ८ र ९ मेलम्ची नगरपालिका वडा नं. १२ र वडा नं. १, २ र ३ साविक ज्यामिरे गाविस वडा नं. २ रामपुर भेग सहित मेलम्ची नगरपालिका वडा नं.१३ भई दुई वटा वडामा विभाजन भएकोमा नगरपालिकाको पुनर्संरचना पश्चात दुवै वडा मिलान गरी हाल मेलम्ची नगरपालिका वडा नं. १० शिखरपुर कायम गरिएको छ । यस वडाको पूर्व तर्फ ईन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका वडा नं. ९, पश्चिम तर्फ ईन्द्रावती नदी, उत्तर  तर्फ पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती नदी र दक्षिण तर्फ इन्द्रावती गाउँपालिकाको बागमारा खोल्सा सिमाना रहेको छ । यस वडामा बाहुन, क्षेत्री, तामाङ, मगर, भुजेल, श्रेष्ठ, दनुवार, माझी, दमाई, कामी, सार्की लगायतका जातजातिहरुको बसोबास रहेको छ ।

यस वडाको मुख्य सडक मेलम्ची नवलपुर हुँदै सदरमुकाम चौतारासम्म आवतजावत गर्ने ग्राभेल मोटर बाटो रहेको छ । वडा नं. १० को वडा कार्यालय देखि मेलम्ची नगरपालिका कार्यालय सम्मको दुरी ३ कि.मी र जिल्ला सदरमुकाम सम्मको दुरी २८ कि.मी रहेको छ । यस वडाका वासिन्दाहरूको मुख्य पेशा कृषि रहेको छ भने वडाका विभिन्न स्थानमा तरकारी पकेट क्षेत्र संचालन गरी तरकारी उत्पादनमा विशेष जोड दिइएको छ । यो वडा विगतमा चैनपुर बगुवाको नामबाट चिनिन्थ्यो र पछि गाउँपंचायतको पुनर्संरचना हुँदा ज्यामिरे गाविस र शिखरपुर गाविस गाभिएर शिखरपुर कायम गरी नामकरण गरिएको हो ।

Population: 
2,564
Ward Contact Number: 
9851239776
Ward Area : 
9.70 Km2
Ward Secretary: 
9860708035
Ward Chair Person : 
9851239776
Weight: 
10