FAQs Complain Problems

वडा नं .१३

ईन्द्रावती नदी, ढाँडखोला र जर्केखोला द्धारा पूर्व दक्षिण र उत्तर बाट परिवेष्ठित स्फट्टिकेश्वर महादेव सहित ईन्द्रावती किनार स्थित स्कन्दपुराण वर्णित कान्तितीर्थलाई आफ्नो कोखमा सजाएर तल्लो भागमा वरिपरि नै हरियो वनको पटुकी र त्यस मुनि उर्वर खेतको फाँटको जिवन्तता सँगालो जलरि सहितको शिवलिङ्ग जस्तो भूबनोट भएको मे.न.पा. वडा न. १३ स्थित यस फटकशिलालाई पहिला पहिला स्फट्टिकेश्वर शिवलिङ्गकै कारण स्फट्टकशिला भनिन्थ्यो भने त्यहि शब्द अपभ्रंश भई फटकशिला नाम रहेको पाइन्छ । यस वडामा उर्वर जमिनको पाखाबारी एंव खेतको फाँट र हिमाली लेक देखि तराइको हावापानीमा हुँने बोट बिरुवा र वनस्पतिहरु पाइन्छ । फटकशिलालाई तत्कालीन राजा रण बहादुर शाहले पशुपतिमहास्नान गुठी राखेकाले यस क्षेत्रका ९० प्रतिशत भन्दा बढी जनताहरुको जमिनमा आफ्नै स्वामित्व रहेको पाइदैन ।

Population: 
4,286
Ward Contact Number: 
9849512101
Ward Area : 
11.87 Km2
Ward Secretary: 
9808800406
Ward Chair Person : 
9849512101
Weight: 
13