FAQs Complain Problems

वडा नं. १२

बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्ला साविक बाँसवारी गाउँ विकास समितिको नामबाट संचालनमा रहेकोमा हाल राज्यको पुनर्संरचना पश्चात उक्त बाँसावरी गाविस मेलम्ची नगरपालिका वडा नं. १२ को रुपमा रहेको छ । यस वडाको भञ्ज्याङ्गमा ठूलो बाँसको घारी रहेको र उक्त नामबाट बाँसघारी हुँदै अपभ्रंश भई साविक गाविसलाई बाँसावारी भन्न थालिएको हो । यो वडा पूर्वमा ईन्द्रावती नदी, पश्चिममा मेलम्ची नगरपालिकाको सिन्धुकोट, उत्तरमा मेलम्ची नगरपालिकाको डुँडेखोला र दक्षिणमा मेलम्ची नगरपालिकाको फटकशिला र काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकासंग जोडिएको छ ।

यस वडामा तामाङ, नेवार, बाहुन, क्षेत्री, माझी, दलित लगायतका जातजातीहरुको बसोबास रहेको छ । यस वडाका मानिसहरुमा धार्मिक सहिष्णुता कायम हुनका साथै यस वडामा बसोबास गर्ने मानिसहरुले दशैं, तिहार, ल्होसार, धान्य पूर्णिमा, माघे शक्रान्ती जस्ता जाडबाडहरु मान्ने गर्दछन् ।यो वडा भौगोलिक हिसाबले ठूलो र तीन वडा भूगोलमा विभाजन भएको देखिन्छ । यस वडामा गर्मी हावापानीमा पाइने बोटविरुवा देखि माथिल्लो भागमा चिसोमा हुने बोटबिरुवा समेत पाइन्छ ।यस वडाको नदी तटिय क्षेत्रमा विभिन्न किसिमका तरकारी तथा अन्नबाली प्रशस्त उत्पादन हुने गर्दछ भने अन्य क्षेत्रमा समेत तरकारीका पकेट क्षेत्र मार्फत तरकारी लगायतका नगदे बालीको प्रशस्त उत्पादन हुने गर्दछ ।

Population: 
5,056
Ward Contact Number: 
9851249071
Ward Area : 
14.87 Km2
Ward Secretary: 
9860519637
Ward Chair Person : 
9851249071
Weight: 
12