FAQs Complain Problems

वडा नं . ३

सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित मेलम्ची नगरपालिका वडा नं. ३ (साविक हैबुङ गाविस) शिवपुरी राष्ट्रिय निकुञ्जसंग जोडिएको छ । समुन्द्री सतह देखि २१०० मिटर उचाइको हाराहारीमा रहेको यस वडा १४.५३ वर्ग कि.मि.क्षेत्रफ़लमा फैलिएको छ । यस वडाको पूर्वमा मेलम्ची नगरपालिका वडा नं. २ र ५, पश्चिममा शिवपुरी राष्ट्रिय निकुञ्ज र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. १ को तलाखु, उत्तरमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं.१ तलाखु र मेलम्ची नगरपालिका वडा नं. ४ थकनी, दक्षिणमा मेलम्ची नगरपालिका वडा नं. २ र शिवपुरी राष्ट्रिय निकुञ्ज पर्दछ ।

जिल्लाको सदरमुकाम चौताराबाट १३ कोषको दुरीमा अवस्थित यस वडा नं. ३ हैबुङ धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले अन्यन्त महत्वपूर्ण स्थानको रुपमा रहेको छ । यस वडामा हिउँ पर्ने लेक देखि बेसीसम्मको भूगोल रहेको छ । हिलेभन्ज्याङ, ओख्रेनी डाँडा (प्रकृति रिसोर्ट), ट्राउट फर्म, धाप, चिसापानी, पाटीभन्ज्याङ लगायतका धारमिक एवं पर्यटकीय महत्वका धरोहरहरु रहेका छन् । तामाङ, गुरुङ समुदायको बाहुल्यत रहेको यस वडामा बाहुन क्षेत्री, दामई, कामी तथा अन्य जातजातीको मिश्रित बसोवास रहेको छ । यस वडामा अधिकांश बौद्ध धर्म र केही मिश्रित रुपमा हिन्दु धर्म मान्ने मानिसहरु रहेका छन् ।

Population: 
2,484
Ward Contact Number: 
9865098190
Ward Area : 
14.53 Km2
Ward Secretary: 
9868153835
Ward Chair Person : 
9865098190
Weight: 
3