FAQs Complain Problems

वडा नं . ६

साविक तालामाराङ गाउँ विकास समितिको नामबाट संचालनमा रहेको  यो गाविस राज्यको संघीय पुनर्संरचना पश्चात मेलम्ची नगरपालिका ६ नं. वडा कार्यालयको रुपमा रहेको छ ।यो वडा पूर्वमा मेलम्ची नदी, पश्चिममा मेलम्ची न.पा वडा नं. ४ ओख्रेनी,  उत्तरमा तालामाराङ खोला र दक्षिणमा मेलम्ची न.पा वडा नं.११ को नुहारखोलासंग सिमाना जोडिएको छ । 

यस वडामा परापूर्व काल देखि आदिवासीको रुपमा तामाङ जातीहरुको बसोबास रहेको र कुनै एक जना तामाङको सुर्कै सुर्काको बारी रहेको र उक्त सुर्का बारीमा रोपेको पिंडालु गोड्न जाँदा कुनै एक जना मान्छेले कता जान लागेको भनि प्रश्न गर्दा उक्त तामाङले तायाम्राङ (ताया भनेको पिंडालु र म्राङ भनेको खोरिया बारी) भनि जवाफ दिएको हुँदा उक्त खोरिया बारीमा पिंडालु रोपेको हुँदा उक्त तायाम्राङ शब्द अपभ्रंश भई तालामाराङ नाम रहन गएको ईतिहास रहेको पाइन्छ ।  

यो वडा भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्र देखि तल्लो बेसीं फाँटसम्म फैलिएर रहेको छ । यस वडामा ब्राम्हण, क्षेत्री, तामाङ, दलित, गिरी, नेवार लगायतका जानजातीहरुको बसोबास रहेको छ ।

Population: 
3,141
Ward Contact Number: 
9865062851
Ward Area : 
12.70 Km2
Ward Secretary: 
9841490046
Ward Chair Person : 
9865062851
Weight: 
6